मुख्य समाचार
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय

: सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्ने उनले बताए।



त्यस्तै बैठकले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको भने सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए। मधेश प्रदेशमा भएका राजनीतिक घटनालाई मध्यनजर राख्दै यस्तो निर्णय गरिएको उनले बताए।


बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ भने भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ जना र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय भएको छ।



त्यस्तै कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति दिइएको प्रवक्ता खरेलले बताए।

त्यस्तै मन्त्रिपरिषद्ले भूउपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ भने २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...