: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका-६ मुसेपानी बस्ने ५० वर्षीय हिक्मत सिंह घटालको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।
सोही ठाउँस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।