मुख्य समाचार
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता

— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।


सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् ।

रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले जानकारी दिए । उनका अनुसार जीवित रहेको धारा टेकेर नै नयाँ सरकार गठनको लागि आह्वान हुनुपर्ने रिट निवेदन पत्रमा जिकिर गरेका छन् । यो निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्ने आदेशको पनि माग गरिएको छ ।

गएको शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएका थिए । सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटले प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यही विषयमा नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी बाहेकका दल आपत्ति जनाएका छन् । सात दल उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा जाने तयारी गरेका छन् । ७४ जना सांसदको हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...
अमेरिकी सिनेटरले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन्। सिनेटमा रिपब्लिकन नेतासँग भएको सम्झौतालाई डेमोक्र्याटिक सांसदको समूहले समर्थन गरेको हो। यो ४० दिनको गतिरोध पछि बन्द अन्त्य भएको पहिलो संकेत हो। यो सम्झौताले सरकारी सेवा पुनः सुरु गर्ने बाटो खोल्न सक्छ। तर सम्झौता अमेरिकी कांग्रेसले अझै पारित गर्न बाँकी छ। सिनेटमा ...