मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति

— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ रुपैयाँ क्षति पुगेको उल्लेख छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार क्षतिबारे सम्बन्धित क्षेत्रका प्राविधिकमार्फत मुल्यांकन गराइएको थियो । अख्तियारले तोडफोड र आगजनी तथा लुटपाटमा संलग्नलाई अनुसन्धान गरी संलग्नलाई कामरबाहीको माग गर्दै १८ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइसकेको छ ।

भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियार परिसर छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट गरेर त्यसपछि तोडफोड र आगजनी गरेको थियो । करिब ३ घण्टा अख्तियारमा देखिएको उक्त समूह साँझ ७६ बजेपछि बाहिरिएको थियो ।

अख्तियारमा प्रहरीमा दिएको जाहेरीअनुसार त्यस दिन दक्षिण तर्फको पार्किङ पूर्वाधारमा आगजनीबाट ३० लाख, भवनका झ्याल/ढोका, सिसा/टेबुल तोडफोड आगजनीबाट १५ लाख, भवनका ढोका, चुकुल, ताल्चा सेट र मेसिनमा १० लाख, अख्तियारको प्रशासन महाशाखाको भुई, दराज, फोटोकपी मेसिनलगायतमा १० लाख, सोलारमा तोडफोड/आगजनीबाट ४५ लाख गरी भवनतर्फ कूल क्षति १ करोड १० लाख भएको अख्तियारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस्तै सबारी तर्फ ४ पांग्रे ३२ वटा र दुईपांग्रे (मोटरसाइकल/स्कुटर) ५८ गरी ९० सबारी साधन तोडफोड र आगजनीमा २० करोड ३३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

जसमा बस दुई वटा, कार/जीप ५ वटा, पिकअप, जीप/कारसहितका २५ वटा र बाँकी मोटरसाइकलमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो । त्यस्तै उपकरणहरु चोरी, लुटपाट र तोडफोड/आगजनीबाट २ करोड ६१ लाख ८६ हजार २ सय १ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

अख्तियारका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्‍याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ । टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ ।


अख्तियारकै इटहरी कार्यालयमा रहेका ४ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण क्षति तथा एउटा गाडी र २ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । हेटौंडामा ४ वटा गाडी र ८ वटा मोटरसाइकल, पोखरामा २ वटा गाडी र ६ वटा मोटसाइकलमा क्षति पुगेको छ । अख्तियारको बुटवल कार्यालयका ३ वटा गाडी जलाइएका छन् । बुटवलकै एउटा गाडी र २ वटा मोटरसाइकल तोडफोड गरिएको छ । कञ्चनपुर कार्यालयमा ४ वटा मोटरसाइकल तोडफोड गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार टंगालमा भएको क्षतिबारे यतैबाट प्रहरीमा जाहेरी दिइएको र अन्य कार्यालयको हकमा सम्वन्धित कार्यालयबाटै क्षतिको मूल्यांकन गरी नजिकैको प्रहरी कार्यालयमा जाहेरी दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्। दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्। उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई ...
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...