मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति

— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ रुपैयाँ क्षति पुगेको उल्लेख छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार क्षतिबारे सम्बन्धित क्षेत्रका प्राविधिकमार्फत मुल्यांकन गराइएको थियो । अख्तियारले तोडफोड र आगजनी तथा लुटपाटमा संलग्नलाई अनुसन्धान गरी संलग्नलाई कामरबाहीको माग गर्दै १८ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइसकेको छ ।

भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियार परिसर छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट गरेर त्यसपछि तोडफोड र आगजनी गरेको थियो । करिब ३ घण्टा अख्तियारमा देखिएको उक्त समूह साँझ ७६ बजेपछि बाहिरिएको थियो ।

अख्तियारमा प्रहरीमा दिएको जाहेरीअनुसार त्यस दिन दक्षिण तर्फको पार्किङ पूर्वाधारमा आगजनीबाट ३० लाख, भवनका झ्याल/ढोका, सिसा/टेबुल तोडफोड आगजनीबाट १५ लाख, भवनका ढोका, चुकुल, ताल्चा सेट र मेसिनमा १० लाख, अख्तियारको प्रशासन महाशाखाको भुई, दराज, फोटोकपी मेसिनलगायतमा १० लाख, सोलारमा तोडफोड/आगजनीबाट ४५ लाख गरी भवनतर्फ कूल क्षति १ करोड १० लाख भएको अख्तियारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस्तै सबारी तर्फ ४ पांग्रे ३२ वटा र दुईपांग्रे (मोटरसाइकल/स्कुटर) ५८ गरी ९० सबारी साधन तोडफोड र आगजनीमा २० करोड ३३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

जसमा बस दुई वटा, कार/जीप ५ वटा, पिकअप, जीप/कारसहितका २५ वटा र बाँकी मोटरसाइकलमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो । त्यस्तै उपकरणहरु चोरी, लुटपाट र तोडफोड/आगजनीबाट २ करोड ६१ लाख ८६ हजार २ सय १ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

अख्तियारका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्‍याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ । टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ ।


अख्तियारकै इटहरी कार्यालयमा रहेका ४ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण क्षति तथा एउटा गाडी र २ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । हेटौंडामा ४ वटा गाडी र ८ वटा मोटरसाइकल, पोखरामा २ वटा गाडी र ६ वटा मोटसाइकलमा क्षति पुगेको छ । अख्तियारको बुटवल कार्यालयका ३ वटा गाडी जलाइएका छन् । बुटवलकै एउटा गाडी र २ वटा मोटरसाइकल तोडफोड गरिएको छ । कञ्चनपुर कार्यालयमा ४ वटा मोटरसाइकल तोडफोड गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार टंगालमा भएको क्षतिबारे यतैबाट प्रहरीमा जाहेरी दिइएको र अन्य कार्यालयको हकमा सम्वन्धित कार्यालयबाटै क्षतिको मूल्यांकन गरी नजिकैको प्रहरी कार्यालयमा जाहेरी दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ...
: जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख ...
। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीनवटा मध्ये विपद्सम्बन्धी केही ...
। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो । रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका ...