मुख्य समाचार
राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिए
राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिए

— प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न एक साताभन्दा कम समय बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिएका छन् । जसमा राजनीतिक पृष्ठभूमिका मात्र छैनन्, जेन-जी समूह, व्यापारी, पूर्वसांसददेखि पूर्वराजदूतसम्म छन् ।


व्यापारी पृष्ठभूमिका बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले प्राध्यापक दिनेश प्रसाईँलाई अध्यक्ष बनाएर गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिएका छन् । त्यस्तै, पूर्वराजदूत नवराज सुवेदीले जनयुग पार्टी दर्ताका निवेदन दिएका छन् । जनमोर्चाको सांसददेखि माओवादी, नयाँ शक्ति हुँदै जसपा पुगेका सुवेदी साउदी अरबका लागि राजदूत नियुक्ति थिए ।

नयाँ पार्टी दर्ता गर्नेमा निवर्तमान सांसद योगेन्द्र मण्डलसमेत छन् । २०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका उनले राष्ट्रिय उर्जाशील पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

जेन-जी समूहबाट अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि पनि निवेदन परेको छ । जसमा केही आन्दोलनका घाइते परिवारबाट केन्द्रीय सदस्य छन् भने बाँकी सबै जेन-जी उमेर समूहका व्यक्ति मिलेर पार्टी दर्ता गर्न खोजिएको छ । यस्तै हिराप्रसाद सेती नेतृत्वको राष्ट्रिय जेन-जी पार्टीको नाममा पनि निवेदन परेको छ ।

विगतमा निर्वाचन बहिस्कार गर्दै आएका नेत्रविक्रम चन्दले पनि कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका छन् । विगतमा माओवादी निकट ज्ञानेन्द्रबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ता गरेका छन् । पेशाले शिक्षक तामाङ अवकाशपछि सामाजिक काममा सक्रिय थिए ।

मन्त्रीमा सिफारिस भएर अन्तिम समयमा नाम फिर्ता भएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ता गराएका छन् । सुन्दर नेपाल निर्माणका अभियन्ता चन्द्रप्रकाश सुवेदीले आफ्नै अभियानलाई पार्टीमा रूपान्तरण गरेर लैजाने गरी सुन्दर नेपाल निर्माण पार्टी दर्ताको निवेदन दिएका छन् । त्यस्तै हिमालबहादुर चन्दले राष्ट्रिय यूवा पार्टी नेपाल, सविन सिग्देलको राष्ट्रनिर्माण पार्टी,रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता र रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी दर्ताको लागि निवेदन परेको छ ।

आइतबारमात्रै डा. सुन्दरराम बोहराको नागरिक आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडा नागरिक बचाउ दल र राजकुमार कक्षपतिको नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले निवेदन दिएका छन् ।



आयोगमा १ सय २५ राजनीतिक दल दर्ता भइसकेका छन् । गत भदौको जेन–जी आन्दोलनपछि १५ दल दर्ताका लागि आयोगमा निवेदन परेको छ । त्यसमध्ये धरान उपमहानगर प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले दल दर्ता प्रमाणपत्र पाइसकेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलका लागि आयोगले दल दर्ता गराउन कार्यतालिका प्रकाशित गरिसकेको छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १ देखि १० मंसिरसम्म दल दर्ता गर्नुपर्नेछ । त्यसका लागि ३० कात्तिकभित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...