मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक
सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ।

मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ।


सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ।

हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट सोमबारसम्म चल्नेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...