मुख्य समाचार
भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार
भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार

— दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ ।


आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत मात्रै हो ।

भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार भन्सारले चालु वर्षको साउन, भदौ र असोज महिनामा २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य पाएको थियो । उनका अनुसार कार्यालयले गत साउनमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो । भदौ र असोजमा लक्ष्य पूरा हुन सकेन । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच आगजनी, तोडफोड र लुटपाट भएको थियो । त्यसलगत्तै दसैं, तिहार, छठ जस्ता पर्वका कारण आयात खुम्चिएपछि राजस्व लक्ष्य पूरा हुन नसकेको उनले बताए ।

भन्सारले साउनमा ९ अर्ब २ करोड ९३ लाख ३४ हजार राजस्व संकलन गरेको छ । साउनमा भन्सारले ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य पाएको थियो । यस्तै, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ सय रुपैयाँ लक्ष्यमा ९ अर्ब ४३ करोड ९४ लाख २४ हजार मात्र संकलन भएको छ । असोजमा १० अर्ब १ करोड ७४ लाख एक हजार लक्ष्यमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार मात्रै राजस्व संकलन भएको भन्सार प्रमुख न्यौपानेले जानकारी दिए ।

भन्सारका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी मोटरसाइकल आयात भएका छन् । त्यस्तै जिप, कार र भ्यान, पेट्रोल, विद्युतीय गाडी, एलपी ग्यास, अलकत्रा बिटुमिन, एमएस बिलेट, सुपारी, चकलेट, स्पोन्ज तथा फेरस आइरन बढी मात्रामा आयात भएको छ । राजस्व संकलनमा मुख्य आयात हुने १० वस्तुको योगदान ५० प्रतिशत भन्दा धेरै रहेको न्यौपानले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...