— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा लाजियोलाई २–० ले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सानसिरोमा भएको खेलमा लउटारो मार्टिनेज र एन्गे–योन बोनीले एक-एक गोल गरे ।
यो जितपछि इन्टरको ११ खेलबाट २४ अंक भएको छ । एएस रोमाको पनि समान २४ अंक छ र अहिलेका लागि गोल अन्तरले दोस्रो स्थानमा छ । रोमाले अर्को खेलमा युनिडेजीलाई २–० ले नै हरायो ।
स्टाडियो ओलम्पिकोमा भएको खेलमा लोरेन्जो पेलेग्रिनी र मेहमेट जेकी सेलिकले गोल गरे । एसी मिलान र नेपोली समान २२ अंकमा शीर्ष चारभित्र रहेका छन् । यससँगै यसपल्ट लिग उपाधिको होड रोमाञ्चक हुने देखिएको छ ।