मुख्य समाचार
बार्सिलोनाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई ४–२ ले हराए
बार्सिलोनाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई ४–२ ले हराए

— रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेल्टा भिगोलाई ४–२ ले हराएको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्याएको छ ।


अर्को खेलमा रियलले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो । रियलको १२ खेलबाट ३१ अंक छ भने बार्सिलोनाका त्यत्तिकै खेलबाट २८ अंक भएको छ ।

बालाडोसमा भएको खेलमा लेवनडोस्कीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि ३७ र ७३ औं मिनेटमा अन्य गोल थपे । बार्सिलोनाको अर्को गोल लामिन यामलको नाममा रह्यो र उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ। मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ। सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स ...
— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा लाजियोलाई २–० ले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सानसिरोमा भएको खेलमा लउटारो मार्टिनेज र एन्गे–योन बोनीले एक-एक गोल गरे । यो जितपछि इन्टरको ११ खेलबाट २४ अंक भएको छ । एएस रोमाको पनि समान २४ अंक छ र अहिलेका लागि गोल अन्तरले दोस्रो ...
: अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो। ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ...
: हङकङमा सम्पन्न भएको हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी परेका छन्। नेपालका ओपनर ब्याटर सन्दीप जोरा प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाएका छन्। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका बलर रासिद खान रहेका छन्। उनले ५ खेलमा ९ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ। जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको छ। आइतबार विराटनगरले एक विज्ञप्तिसहित नयाँ जर्सीको लोगो सार्वजनिक गरेको हो। डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी ...