: थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान ८:४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमालालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टरमा सवार ५८ वर्षीय दमसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाँईंले जानकारी दिए।
त्रियुगा नगरपालिका- ५ पिपलचौरीका राई दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको चापागाँईंले बताए।
दुर्घटना भएको ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ। प्रहरीका अनुसार चालक घटनास्थलबाटै फरार रहेकोले खोजतलासको भइरहेको छ ।