मुख्य समाचार
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस

: नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ। उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ।



सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भुटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात किर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताए।


उक्त घटनाको ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार हुँदै आएका खरेललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारबाहीका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता श्रेष्ठले बताए।



खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ। वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको महानगरकोको वातावरण विभागले जनाएको छ। चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ...
: जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासँग सम्बन्धित पेशागत सङ्गठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठन मान्यता नदिने बताएका छन्। आइतबार उनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराएका हुन्। नेपाल शिक्षक ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर रास्वपाले आजदेखि उम्मेदवारी आह्वान गरेको हो। रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, ...
: थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान ८:४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमालालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टरमा सवार ५८ वर्षीय दमसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाँईंले जानकारी दिए। त्रियुगा नगरपालिका- ५ पिपलचौरीका ...