मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पटक-पटक सार्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पटक-पटक सार्दै

: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पटक-पटक सार्दै आएको छ। शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको हो।



स्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यस अगाडि वैशाखमा तोकेको थियो। पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले तोकेको महाधिवेशन मिति पुन : फागुन ७, ८ र ९ गते तोकिएको थियो।


केन्द्रीय समितिको विस्तारित बैठकपछि प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछ। चुनावी अभियानसँगै तल्ला समितिहरूको अधिवेशनलाई निरन्तरता दिन प्रतिबद्ध छौं।’



प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शुक्रबार राति प्रतिनिधि सभाको विघटन गर्द राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गते निर्वाचन गर्ने मिति तोकेका छन्।

त्यस्तै, विस्तारित बैठकले सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ। रास्वपाले लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम स्वरूप दायर गरिएको पुन दोहोर्‍याएको छ। सरकारले शक्तिको दुरुपयोग गर्दै विपक्षी विचारलाई दबाउने प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रत्यक्ष प्रहार गरेको रास्वपाको ठहर छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम स्वरूप दायर गरिएको एक नियोजित र बदनियतपूर्ण भएको र यसले लोकतान्त्रिक अभ्यास माथि प्रहार गर्दै जनविश्वासलाई समेत कमजोर पार्ने काम गरेको छ भन्ने ठान्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले शक्तिको दुरुपयोग गर्दै विपक्षी विचारलाई दबाउने यस प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रत्यक्ष प्रहार गरेको छ। देशभर सञ्चालन गरिएको हस्ताक्षर अभियानमार्फत् ४० लाखभन्दा बढी नागरिकले पनि यो मुद्दा राजनीतिक प्रतिशोध र अन्यायपूर्ण भएको भनी ऐक्यबद्धता जनाएका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक प्रतिशोधको उपकरणका रूपमा प्रयोग गरिएका मुद्दाहरूलाई न्यायालयले निष्पक्ष, स्वतन्त्र र द्रुत न्यायिक प्रक्रियामार्फत् निष्कर्षमा पुर्‍याउन माग गरेको छ। न्यायिक निष्पक्षता र शीघ्र सुनुवाइले मात्र लोकतन्त्र र कानूनको शासनप्रति जनविश्वास पुनःस्थापित गर्न सक्ने रास्वपाको विश्वास छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि/प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउन प्रतिबद्ध छौं’ विज्ञप्तिमा भनिएको छ।

विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले फरक मत पेश गरेका थिए। कार्कीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्नुपर्ने लिखित सुझाव राखेकी छन्। कार्कीले भनेकी छिन्,‘महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ। वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको महानगरकोको वातावरण विभागले जनाएको छ। चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ...
: जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासँग सम्बन्धित पेशागत सङ्गठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठन मान्यता नदिने बताएका छन्। आइतबार उनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराएका हुन्। नेपाल शिक्षक ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर रास्वपाले आजदेखि उम्मेदवारी आह्वान गरेको हो। रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, ...
: थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान ८:४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमालालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टरमा सवार ५८ वर्षीय दमसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाँईंले जानकारी दिए। त्रियुगा नगरपालिका- ५ पिपलचौरीका ...