मुख्य समाचार
विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासनायकेलाई प्रमुख प्रशिक्षकको रुपमा अनुबन्ध
विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासनायकेलाई प्रमुख प्रशिक्षकको रुपमा अनुबन्ध

: विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासनायकेलाई प्रमुख प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ड्समा रही उपाधि जिताएका दासानायके यसपटक विराटनगर किङ्सको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका हुन्।



विराटनगरले नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, सुवास भण्डारी, नरेन्द्र भट्ट र वसिर अहमदलाई पहिलो सिजनबाट रिटेन गरेको थियो।


दोस्रो संस्करणको लागि सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई टिमले मिनी अक्सनबाट अनुबन्ध गरेको छ।



विराटनगरको निर्देशकमा पूर्व राष्ट्रिय टिमका प्रमुख सेलेक्टर दिपेन्द्र चौधरी रहेका छन्। ‌

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो। ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ...
: हङकङमा सम्पन्न भएको हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी परेका छन्। नेपालका ओपनर ब्याटर सन्दीप जोरा प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाएका छन्। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका बलर रासिद खान रहेका छन्। उनले ५ खेलमा ९ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ। जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको छ। आइतबार विराटनगरले एक विज्ञप्तिसहित नयाँ जर्सीको लोगो सार्वजनिक गरेको हो। डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी ...
। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण बीचमै रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म गर्ने तय भएको थियो । यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो । जसमा लिगको १६ मध्ये ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल फुटबल खेलाडी संघलाई संवादका लागि वार्ताको आव्हान गरेको छ। एन्फाले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै सोमबार वार्ताका लागि बोलाएको हो । गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू ...