: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्तलाई लिएर असन्तुष्टि जनाएका छन्। उनले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको टिप्पणी गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भने, ‘मधेस प्रदेशमा भएको `अ-राजनीति´ दु:खद छ। नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ।’
१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको `प्रहसन´ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने विश्वास व्यक्त गरे।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादव नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री यादवको सिफारिसमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीले मन्त्री पदमा सपथ लिएकी छन्।