मुख्य समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने बताए
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने बताए

: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने बताएका छन्। विघटित प्रतिनिधिसभाको ठूलो दल कांग्रेसमा संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन सुरु भएपछि उनले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भाग लिने बताएका हुन्।



उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठक र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा निर्वाचनमा भाग लिने निर्णय भएको बताए।


‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।’ उनले थपे, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।’



निर्वाचनअघि अधिवेशन गर्दा नेपाली कांग्रेसको नीति र नेतृत्वले निर्वाचन लड्न योग्य बनाउने भन्ने अडान रहेको स्पष्ट पारे। ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।’ थापाले भने, ‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’

कांग्रेसमा दुई धार

कांग्रेस महाधिवेशन र प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा दुई धार देखिएका छन्। पार्टी महाधिवेशन तोकिएको २१ फागुनको निर्वाचनपछि गर्ने कि अघि गर्ने, नियमित गर्ने कि विशेष गर्ने भन्नेमा नै अलमलमा छ। उता कांग्रेसका विघटित प्रतिनिधिसभाका संसदहरू संसद् पुनर्स्थापनाको विषयमा पार्टीले आधिकारिक निर्णय गरेर अघि जानुपर्ने पक्षमा देखिएका छन्।

उनीहरू पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोतान्त्रिक भनिसकेकाले निर्णय गरेर जानुपर्ने विषयमा दबाब सिर्जना गर्नका लागि हस्ताक्षर संकलन गर्न थालेका छन्। कांग्रेसका तत्कालीन प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले हस्ताक्षर संकलन भइरहेको स्वीकार गरे। पार्टीलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन गरिएको उनले स्पष्ट पारे।

‘हाम्रो पार्टीले सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर भनिसकेको छ। तर, केन्द्रीय समितिले यस विषयमा केही निर्णय गरेको छैन, उनले भने, ‘त्यसैले केन्द्रीय समितिले आधिकारिक रूपमा असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले त्यसको विषयमा कानुनी ढोका ढकढक्याउने र कानुनी रूपमा अगाडि बढ्ने र राजनीतिक निर्णय गरेर अगाडि बढ्नका लागि दबाब सिर्जना गर्न यसो गरिएको हो।’

कांग्रेस नेता घिमिरेले भने अदालत जानको लागि नभई पार्टीलाई दिनका लागि हस्ताक्षर संकलन भएको बताए। ‘अदालत जानका लागि होइन, पार्टीलाई दिनको लागि हो, यो (संसद् पुनर्स्थापना) उपयुक्त कदम हो भन्नका लागि हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासँग सम्बन्धित पेशागत सङ्गठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठन मान्यता नदिने बताएका छन्। आइतबार उनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराएका हुन्। नेपाल शिक्षक ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर रास्वपाले आजदेखि उम्मेदवारी आह्वान गरेको हो। रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, ...
: थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान ८:४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमालालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टरमा सवार ५८ वर्षीय दमसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाँईंले जानकारी दिए। त्रियुगा नगरपालिका- ५ पिपलचौरीका ...
: नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवन भत्काउने क्रममा संरचना खस्दा तीन जना मजदुर गम्भीर घाइते भएका हुन्। भवन भत्काउने क्रममा थिचिएका मजदुरलाई प्रहरी लगायत स्थानीयले उद्धार गरेका थिए। उनीहरूले उपचार जारी रहेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत भत्काउनका ...
: राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्। आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटकपटक दु:ख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका हुन्। उनले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिए । आफूहरू सुकुम्बासीको साथमा रहेको भन्दै ...