। नक्कली भुटानी शरणार्थी ठगी सम्बन्धी कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।
गोप्य सूचनाको आधारमा उनलाई २१ कात्तिकमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खरेललाई थप कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । प्रतिवादी खरेल फरार थिए ।