। मधेश प्रदेश प्रमुखले सबैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
शनिबार दुई वा दुईभन्दा बढी दलको संलग्नतामा बनेको सरकारलेले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको पहल भइरहेको छ। त्यसक्रममा एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको प्रक्रिया अघि बढाउने हुन् कि भन्ने आशंका अन्य दलको छ ।
सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ नभई ३ बमोजिम भनिएको छ । काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सामूहिक रुपमा प्रदेश प्रमुख कार्यालयमा खबरदारीमा पुगेका छन्। त्यसमा जसाप नेपाल, जनमत, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपासहितका दलका नेता तथा सांसदहरु छन् ।
संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन हुनुपर्ने दलहरुको माग छ।
उपधारा ३ बमोजिम गए ठूलो दलको हैसियतमा आह्वान भएमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ। यो हुन नदिन कांग्रेस मधेश केन्द्रित दलहरुको कित्तामा आइपुगेको हो।
यता, मधेश प्रदेश भवन अगाडि खबरदारीका लागि नेतासँगै कार्यकर्ताहरू समेत उपस्थित भएका छन्। उनीहरूले बाहिर नाराबाजी समेत गरिरहेका छन् ।