। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल फुटबल खेलाडी संघलाई संवादका लागि वार्ताको आव्हान गरेको छ।
एन्फाले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै सोमबार वार्ताका लागि बोलाएको हो ।
गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएका थिए।
खेलाडी संघले खेल्न पाउनु आफ्नो आधारभूत हक भएको र त्यसका लागि सडकमा आउन बाध्य भएको जनाएको थियो।
एन्फाले भने खेलाडीहरूको आन्दोलनप्रति संवेदनशील रहँदै वार्तामार्फत समाधान खोज्ने बताएको हो।