मुख्य समाचार
के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचे
के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचे

। के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचेकी छन् ।

२८ वर्षीया यी गायिका ग्रामीको मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन् ।

सन् २०२६ को ग्रामी मनोनयनमा बहुचर्चित गीत ‘एपीटी’का लागि ब्रुनो मार्ससहित रोज चर्चित विधा रेकर्ड अफ द इयर, सङ अफ द इयर र बेस्ट पप डूओ/ग्रुप पर्फमेन्ससहितका विधामा छनोट भएकी हुन् ।

“म अहिले उन्मुक्त महसुस गरिरहेकी छु’ यस वर्षको सुरुमा हलिउड रिपोर्टरको कभर अन्तर्वार्तामा ग्रामीमा इतिहास रच्ने सम्भावनाको बारेमा सोध्दा रोजले भनिन् ।

‘मलाई लाग्छ यो त्यस्तो क्षण हुनेछ जसले मलाई धेरै कुराहरू प्रमाणित गर्नेछ, जसलाई म शंका गर्दै हुर्किएकी थिएँ’ उनले भनेकी छन् ।

तर, के-पपबाट पहिलो ग्रामी मनोनयन भने ब्वाय ब्याण्ड ‘बीटीएस’ ले सन् २०२१ को ६३ औं ग्रामीमा प्राप्त गरेको थियो । ब्याण्डको गीत ‘डायनामाइट’ ले उत्कृष्ट पप डूओ/ग्रुप पर्फमेन्स विधामा मनोनित भएको थियो ।

सन् २०२२ मा ‘बटर’, सन् २०२३ मा कोल्ड प्लेसँगको ‘माई युनिभर्स’ र ‘येट टू कम’ गीत मनोनित थिए । तर, अहिलेसम्म कुनै पनि के-पप कलाकारले ग्रामी भने जितेका छैनन् ।

रोज मात्र होइन, ‘के पप डेमन हन्टर्स’ पनि ग्रामीमा मनोनित भएको छ । यो मनोनयन दक्षिण कोरियाली संगीतको महत्वपूर्ण कोशेढुंगा हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...