। बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को बजेट दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन-थ्रीलरलाई अहिलेसम्मकै ठूलो बलिउड एक्सन प्रोजेक्ट बताइएको छ ।
स्रोतका अनुसार फिल्मको बजेट लगभग ३५० करोड भारु पुगेको छ, जसमा शाहरुख र टोलीले प्रचारमा गरेको खर्च र अन्य खर्च समावेश गरिएको छैन ।
स्रोतका अनुसार यो फिल्मलाई सुरुमा सुजय घोषले निर्देशन गरेको र शाहरुखलाई विस्तारित भूमिकामा प्रस्तुत गर्ने मध्यम स्तरको एक्सन थ्रिलरको रूपमा ल्याउने योजना गरिएको थियो ।
बजेट सुरुमा १५० करोड भारु तोकिएको थियो । तर, छलफल अगाडि बढ्दै जाँदा सिद्धार्थ आनन्दले कलाकारमा शाहरुखसँग काम गर्दै फिल्मलाई अझ ठूलो स्तरमा लैजाने निर्णय गरे ।
स्रोतले भन्यो, “सिद्धार्थ आनन्दले शाहरुखलाई यो फिल्म विश्वव्यापी स्तरमा कसरी बनाउन सकिन्छ भनेर बताए । शाहरुखले उनको दृष्टिकोणमा विश्वास गरेपछि काम गर्न स्वतन्त्रता दिए । त्यसपछि सिद्धार्थले ३५० करोड भारुको नयाँ बजेट तयार पारे ।’
फिल्ममा ६ शानदार एक्सन दृश्य छन्, जसमध्ये तीनवटा वास्तविक स्थानमा छायांकन गरिएका छन्, जबकि बाँकी तीनवटा सेटमा छायांकन गरिनेछ ।
भनिन्छ कि शाहरुखको ‘एन्ट्री दृश्य’ फिल्मको सबैभन्दा महँगो र भव्य दृश्य हुनेछ, जुन एक प्रमुख आकर्षण मानिएको छ । सिद्धार्थ आनन्दद्वारा निर्देशित र गौरी खान र ममता आनन्दद्वारा निर्मित ‘किङ’ २०२६ मा रिलिज हुने तालिका छ ।