मुख्य समाचार
अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह
अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह

। गत शुक्रबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फिल्म कलाकारसँग अन्तक्रिया र भलाकुसारी गरे ।

त्यहाँ उनले आफ्ना कुरा राख्नेदेखि कलाकारको गुनासासम्म सुन्न भ्याए । त्यस क्रममा उनलाई विभिन्न कलाकारले सुझाव र सल्लाह दिए ।

अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह गरिन् । शौचालय जडित ती भ्यान ल्याउन सकिए महिला कलाकारलाई सजिलो हुने नीतिको भनाइ थियो ।

उनले दिएको उक्त सल्लाह मिडियामा चर्चाको विषय बन्यो । केही नाम चलेका कलाकारले सेयर नै गरेर उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । मुलुकका ठूला समस्या छाडेर हिरोइन भ्यानिटी भ्यानतिर लागेको भन्दै विरोध पनि भयो ।

यो समग्र प्रकरणमा, अभिनेत्री शाहले टिप्प्णी गर्दै प्रष्टीकरणको प्रयत्न गरेकी छन् ।

उनले मन्त्रीलाई आफूले दिएको सुझाव, सल्लाहलाई हाँसो वा हल्का रुपमा नलिइ यसलाई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको विषयमा रुपमा लिन आग्रह गरेकी छन् ।

‘सफा शौचालय र निजीरुपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन । यो आधारभूत अधिकार हो’ नीति लेख्छिन्, ‘सहर होस् या गाउँ, महिला कलाकारले यस्ता सुविधा पाउनुपर्छ ।’

आफ्नो उद्देश्य अनुभव साझा गर्नु र महिला कलाकारको आवाज बन्नु रहेको नीतिको भनाइ छ ।

‘चलचित्र उद्योग संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत पर्ने हुनाले यस्तो विषय उहाँहरूसमक्ष राख्नु पूर्णरुपमा उचित हो’ नीतिले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...