मुख्य समाचार
दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सबाट खेल्ने
दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सबाट खेल्ने

। दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता टोली जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन् । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् ।

ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन् । भारतको आईपीएलमा राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन् । सन् २०१९ मा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए ।

यसका अलावा उनले बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आईएलटी-२०, एसएटी-२० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

जनकपुरले यसअघि लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुन: दोहोर्‍याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपललाई भित्र्याएको जनकपुर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण बीचमै रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म गर्ने तय भएको थियो । यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो । जसमा लिगको १६ मध्ये ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल फुटबल खेलाडी संघलाई संवादका लागि वार्ताको आव्हान गरेको छ। एन्फाले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै सोमबार वार्ताका लागि बोलाएको हो । गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू ...
। विराटनगर किङ्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र बनाएको छ । पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ । मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ । विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर ...
। अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । काठमान्डुले सामाजिक सञ्जालमार्फत उनी आइपुगेको जानकारी दिएको हो । कुमारले दिल्लीबाट २०११ मा भारतीय रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा ...
। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । आइतबार विहान भएको बाउल लिगको आफ्नो अन्तिम खेलमा नेपाल यूएईसँग ४३ पराजित भयो । यूएईले दिएको १३० रनको बलियो लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनायो । मोहम्मद आदिल आलमले ३२ रन बनाए भने सन्दीप जोरा ३१ रनमा अविजित ...