मुख्य समाचार
जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ

। जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको दोभानेका इन्द्रबहादुर राई छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । काठमाडौंको पवित्रनगरबाट राईलाई पक्राउ गरिएको परिसरका एसएसपी रमेश थापाले बताए ।

राईले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोप छ । उनीसहितका व्यक्तिले प्रहरी वृत्त महाराजगञ्ज कार्यरत दुई प्रहरीको हत्या गरेका थिए ।

अहिले पक्राउ परेका राई प्रहरी हत्या गर्दा लगाएको ड्रेसमै समातिएका छन् । प्राप्त भिडियोमा राई कालो टि–सर्टमा अगाडि हल्का रातो धर्सा भएको कपडा लगाएको देखिन्छ । हाफ पाइन्ट लगाएका उनी सेतो जुत्ता लगाएको भिडियोमा देखिन्छ ।

प्रहरीले अहिले उनलाई त्यही टि–सर्ट लगाएकै अवस्थामा पक्राउ गरेको हो । उनीसहितका व्यक्तिले वृत्त परिसरमै रहेको मन्दिर अगाडि प्रहरीलाई कुटिकुटी मारेको देखिन्छ ।

प्रहरी हत्यामा यसअघि एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । केही भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्। कार्यालयका अनुसार धेरैजसो ग्रेड वृद्धि परीक्षापछि एउटै मार्कसिट बनाउन आउने धेरै छन्। सेवाग्राहीको भीड लागेपछि कार्यालयले जिल्ला शिक्षा समन्वय इकाईमार्फत निवेदन लिएर सेवा काम गर्ने ...
। ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग ...
। प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ । तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ । जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा ...
। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए। त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ...
। ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन ...