मुख्य समाचार
मन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको बताए
मन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको बताए

। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको बताएका छन् । कामको चापका कारण तनाव पनि बढेको उनले बताए ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खरेलले जीवनमा आउने दु:ख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सुखमय बन्ने धारणा राखे ।

लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले भने, ‘दु:ख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दु:खमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।’

उनले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे ।

आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा ‘संवाद र सञ्चारमा स्वजागरण: सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम आयोजना गरेको थियो । सञ्चारग्राममा आयोजित सो कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गरे ।

मानिसले आफ्नोभित्रको खुसी खोज्न नसक्दा आत्महत्या र मानसिक तनावका घटना बढेको बताउँदै उनले भने, ‘खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।’

प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ताको पनि उपस्थिति थियो ।

– राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ । तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ । जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा ...
। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए। त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ...
। ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन ...
। नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् । वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल र समूह सहितले पार्टी ...
। जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।