मुख्य समाचार
पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट ३२ लाख रुपैयाँ नगद संकलन
पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट ३२ लाख रुपैयाँ नगद संकलन

। पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट ३२ लाख रुपैयाँ नगद संकलन भएको छ।

तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना गर्दा सो मात्रामा नगद जम्मा भएको हो।

चार दिनसम्म चलेको मेलामा सहभागी भक्तजनले चडाएको भेटी गत बिहीबारदेखि गणना सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्दा प्राप्त ३२ मध्ये २६ लाख रुपैयाँ बैंक दाखिला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।

समितिका पदाधिकारी, तिनाउ गाउँपालिकाका कर्मचारी, स्थानीय प्रहरी प्रशासनको रोहबरमा भेटी तथा दान गणना कार्य भइरहेको उनले बताए। केही नोट पानीमा भिजेका कारण गणनामा समय लागेको भन्दै उनले आइतबार बेलुकासम्म सम्पूर्ण दान र भेटीको गणना सकिने बताए।

१५ देखि १९ कात्तिकसम्म सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला लागेको थियो। उक्त मन्दिरमा गत वर्ष ३२ लाख ८१ हजार भेटी संकलन भएको थियो। यो वर्ष महाजोग परेका कारण तीन लाख बढी भक्तजन मन्दिरमा पुगेको आकलन समितिले गरेको छ।

परापूर्वकालमा जंगलको बीचमा गएर सत्यबज्यैले शक्ति प्राप्त गरेको उल्लेख छ। बज्यै बहिरी भएका कारण चिच्याएर वर मागे पूरा हुने धार्मिक तथा परम्परागत विश्वास छ। यही विश्वासका कारण यहाँ हरेक वर्ष कात्तिके पूर्णिमाको अवसरमा वर माग्ने मेला लाग्दै आएको छ।

वर माग्न नेपालका विभिन्न स्थानसहित भारतबाट समेत बाक्लो रूपमा भक्तजनको उपस्थिति रहँदै आएको छ। सिद्धबाबा मन्दिर, कामख्या मन्दिर लगायतका धार्मिक स्थल पनि तिनाउ गाउँपालिकामै पर्दछन्। सत्यवती मन्दिरको भेटी गणनामा चासो देखाएको स्थानीय सरकारले अन्य मन्दिरको भेटी र दान गरिएका सामग्रीको बारेमा बेवास्था गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ । तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ । जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा ...
। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए। त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ...
। ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन ...
। नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् । वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल र समूह सहितले पार्टी ...
। जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।