मुख्य समाचार
मेड इन युएस रिभल्वरसहित दुई जना पक्राउ
मेड इन युएस रिभल्वरसहित दुई जना पक्राउ

। मेड इन युएस रिभल्वरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । टेकुको ह्युमतस्थित गल्लीबाट प्रहरीले उनीलाई लागु औषध ब्राउन सुगर, पोल्याण्ड र ३२ हजारसहित पक्राउ गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा २ थान रिभल्वर, त्यसको २ राउण्ड गोली, टाइप ७७ मा लाग्ने १ थान गोली, एसएलआरमा लाग्ने ३ राउण्ड गोली समेत भेटिएको परिसरका एसएसपी रमेश थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध लागु औषध र हातहतियार खरखजनामा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए। त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ...
। ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन ...
। नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् । वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल र समूह सहितले पार्टी ...
। जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
। काठमाडौं महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ । चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्तो चेतावनी दिएको हो । जाडो महिनामा काठमाडौं उपत्यकाको ...