मुख्य समाचार
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने

। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

विधायन समितिमा रहेका विधेयकहरूमाथि समेत छलफल अगाडि बढाउने तयारी छ। प्रतिनिधि सभा विघटन भएपश्चात राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन्।




जेनजी आन्दोलनपश्चात गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसदमा रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए। तर, राष्ट्रिय सभामा उत्पत्ति भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक भने यथावत रहेका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार विचाराधीन विधेयकहरू हुन्– राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक।




यिमध्ये विधायन समितिमा विचाराधीन तीन वटा विधेयकलाई दफावार छलफलमा अगाडि बढाउने तयारी समितिले गरेको उनले जानकारी दिए।

विधायन समितिमा पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचाराधीन रहेका छन्।

उपसचिव खनालकाअनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला सम्बन्धी विधेयकलाई भने समितिले छलफल गरेर प्रतिवेदनसहित पास गरी राष्ट्रिय सभामा पठाइसकेको छ। अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएर सैद्धान्तिक छलफल सकिएको छ।

हालै राष्ट्रिय सभामा अन्तरिम सरकारले एउटा नयाँ विधेयक दर्ता गरेको छ।

विधायन समितिका सचिव मनोजकुमार गिरीकाअनुसार सरकारले वैकल्पिक वित्त परिचालन सम्बन्धी कोष स्थापना गर्ने विषयसँग सम्बन्धित विधेयक ल्याएको छ।

सरकारले जारी गरेको मतदाता नामावलीसँग सम्बन्धित अध्यादेश पनि राष्ट्रिय सभामा दर्ता भएको छ। यो अध्यादेश राष्ट्रिय सभाको अधिवेशन सुरु भएको पहिलो दिनमा टेबुल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग ...
। प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा समेत राष्ट्रिय सभा क्रियाशील रहन सक्छ । कानुन बनाउन दुवै सभाबाट विधेयक पारित गर्नुपर्छ । तर, एउटा मात्रै सभा रहेको अवस्थामा अरू काम के हुन सक्छन् ? यो विषयमा आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ । जहाँ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयमा ...
। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो। सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिवको दिने व्यवस्था हटाएको थियो। त्यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करारका कर्मचारी हटाएका थिए। त्यसविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि ...
। ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन ...
। नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् । वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल र समूह सहितले पार्टी ...