। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेले नै सत्ता चलाएको भन्दै रमिता भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले अहिले सत्तामै भएकाहरू आन्दोलनको मैदानमा पनि देखिएको जिकिर गरे ।
‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै । एउटा तमासा भइरहेको छ । जलाउनेको पछि पनि यिनै थिए । मैदानमा देखिएका थिए,’ ओलीले भने, ‘एक फिटभन्दा माथि तिनै उफ्रिएकै थिए । जो संविधानले मिल्दै मिल्दैन भन्छ तिनै व्यक्तिहरू अहिले सत्ताको कुर्सीमा छन् ।’
यस्तो असाधारण परिस्थितिमा युवा संघ रहेको भन्दै सचेत भएर अघि बढ्न उनले आग्रह गरे ।