मुख्य समाचार
चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग
चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग

। चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले विधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो ।

बैठक पश्चात निर्णय सार्वजनिक गर्दै कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग रहेको बताए । ‘नेपाली कांग्रेसको विधान अनुसार चार वर्षे कार्यकाल मंसिरमा सकिन्छ, महामन्त्री गगन थापाले माग गरे अनुसार पुसमा नियमित महाधिवेशन हुनुपर्‍यो,’ उनले भने, ‘होइन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधान अनुसार माग गरेको विशेष महाधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भनेर केन्द्रमा माग गर्ने निर्णय गरेका छौं ।’

महाधिवेशनका लागि जिल्लाका क्रियाशील सदस्यता नवीकरण गरेर बुझाइसकिएको र नयाँ सदस्यका लागि केन्द्रीय समितिमा बुझाउने तयारी भइरहेको उनले जानकारी दिए । पुस महिनामा बिशेष महाधिवेशनको माग राख्दै जिल्लाका ५१ महाधिवेशन प्रतिनिधीमध्ये ४२ जनाले हस्ताक्षर गरेर केन्द्रमा पठाइसकेको समेत उनले बताए ।

अहिलेको बदलिदो परिस्थितिमा पार्टीको स्पष्ट नीति र नयाँ नेतृत्व निर्माण गर्दै नयाँ परिभाषा समेत खोज्नुपर्ने अवस्था रहेको र त्यो महाधिवेशनबाट मात्र सम्भव रहेको उनको भनाइ छ । अन्तरिम सरकारले यही फागुन २१ गते घोषणा गरेको निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहेको धारणा उनले व्यक्त गरे ।




जेनजी आन्दोलनको प्रसंग जोड्दै गोरखा कांग्रेसले सो क्रममा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका मागहरुप्रति आफूहरुको पनि समर्थन रहेको भन्दै सभापति न्यौपानेले आन्दोलनको नाममा भएको ध्वंशात्मक कार्य निन्दनीय रहेको बताए । उनले भने, ‘आन्दोलनकै दिन मध्याह्न १२ बजे जेनजीले अराजक गतिविधि नगर्ने भनिसकेको थियो तर पनि आगजनी र तोडफोड जस्ता कार्य भए, त्यो निन्दनीय छ, दोषीलाई न्यायिक छानबिन गरी कारबाही गर्नुपर्छ ।’

जेनजी आन्दोलनका मुद्दाहरु यसअघि नै कांग्रेसले उठाउँदै आएपनि जनतास्तरसम्म त्यसलाई पुर्‍याउन नसकेको उनले जिकिर गरे । उनीहरुको मुद्दाको पक्षमा कांग्रेस गोरखा प्रतिबद्ध रहेको बताउँदै उनले वडादेखि पालिकास्तरसम्म संवाद र छलफल कार्यक्रम चलाउने निर्णय पार्टीले गरेको जानकारी गराए ।

अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई उचित राहतको व्यवस्था गर्न पनि गोरखा कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थ मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो । ‘जेनजी मुभमेन्टले हामीलाई एउटा घचघभ्च्याएको विषयवस्तु के ...
। नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले आगजनी, तोडफोड लुटपाटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने बताएका हुन् । अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने ...
। नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने ...
। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् । आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम