मुख्य समाचार
ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा
ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् ।

ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स जाने तय भए पनि अब उनी पनि दक्षिण अफ्रिका जाने छैनन्।


ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद विषय हो ।’

उनले अफ्रिकी मूलका सेता किसानहरू (अफ्रिकानर्स) माथि हिंसा, हत्या र उनीहरूको जग्गा–खेत कब्जा गर्ने काम भइरहेको आरोप लगाए। ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकी सरकार अल्पसंख्यक किसानहरूविरुद्ध भेदभाव गर्ने र उनीहरूमाथि भएका हमलाहरूमा मौन रहने गरेको आरोप लगाउँदै आएको छ।

अफ्रिकी सरकारले भने रंगभेद प्रणाली अन्त्य भएको ३० वर्षभन्दा बढी भइसकेको र अझै पनि गोरा मानिसहरू कालाहरूभन्दा धेरै समृद्ध जीवन बिताइरहेका बताउँदै आएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई प्रतिक्रिया दिँदै भने, ‘गोरा किसानमाथि अत्याचारको समाचार पूर्ण रूपमा झूटा हुन् ।’

यसै हप्ताको सुरुमा मियामीमा दिएको भाषणमा ट्रम्पले भनेका थिए, ‘दक्षिण अफ्रिकालाई जी-२० बाट बाहिर निकाल्नुपर्छ ।’

यस वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि विदेशमन्त्रीहरूको जी-२० बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम