मुख्य समाचार
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा

— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो ।


अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको थिएन ।

विपक्षीहरुले यो परिणाम लाजमर्दो भएको टिप्पणी गरेका छन् । निर्वाचनका दौरान भएको आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदा सयौंको मृत्यु भएको थियो । यद्यपी, सरकारी अधिकारीहरुले हिंसालाई नजरअन्दाज गर्दै निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा निष्पक्ष ढंगले सम्पन्न भएको निष्कर्ष निकालेका छन् ।

प्रदर्शनका क्रममा पक्राउ परेकाहरुमाथि अहिले देशद्रोहको मुद्दा चलाइएको छ । दोषी प्रमाणित भएमा उनीहरुमाथि मृत्युदण्ड हुनसक्छ । यद्यपी, तान्जानियामा प्रायजसोः अवस्थामा मृत्युदण्ड फैसला भएकाहरुलाई आजीवन कारावासमा राख्ने गरिएको छ । १९९० को दशकपछि यहाँ कसैलाई मृत्युदण्ड दिइएको छैन ।

मुद्दा लगाइएकामध्ये जेनिफर जोभिन तान्जानियाकी प्रभावशाली व्यवसायी हुन् । उनीमाथि प्रदर्शनकारीलाई उक्साएको आरोप छ । त्यस्तै ठूलो संख्यामा सोशल मिडिया इन्फ्युएन्सर्स पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित भएका छन् । सटडाउनका कारण एयर ट्राफिक कम गर्न उडान कटौती गरिएको पहिलो दिन शुक्रबार ५ हजारभन्दा धेरैको संख्यामा विमान उडान स्थगित वा ढिला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सटडाउन जारी रहे आगामी दिन थप उडान कटौती हुनेछन् । संघीय उड्डयन प्रशासन (एफएए) को घोषणाअनुसार ११ नोभेम्बरमा ६ ...
— काल्गेमी आँधीले भियतनाममा कम्तीमा ५ र फिलिपन्समा कम्तीमा १ सय ८८ जनाको मृत्यु भएको छ । आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ । आँधीका कारण मध्य भियतनामका केही स्थानमा भने पहिरोसमेत गएको छ । राजधानी होचि ...
— अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी गरेका छन् । यस निर्णयले दैनिक हजारौँ उडान स्थगित हुने भएका छन् । एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यस्तो योजना बनाइएको हो । अधिकारीहरूका अनुसार विमानस्थलको कन्ट्रोल टावरमा एयर ट्राफिक कन्ट्रोलरहरुको संख्या अहिले निकै कम छ । अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाडउनका ...
: विद्यार्थीको गोली प्रहारबाट घाइते भएकी अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने निर्णय भएको छ। अमेरिकाको अदालतले ती शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने आदेश गरेको हो। शिक्षिका अबिगेल ज्वर्नरलाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हानेको थियो। गोलीबारीबाट गम्भीर घाइते भएकी उनलाई धेरै पटक शल्यक्रिया गर्नुपरेको थियो। 'मलाई लाग्यो कि ...
: अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो। फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम