मुख्य समाचार
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा
तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा

— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो ।


अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको थिएन ।

विपक्षीहरुले यो परिणाम लाजमर्दो भएको टिप्पणी गरेका छन् । निर्वाचनका दौरान भएको आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदा सयौंको मृत्यु भएको थियो । यद्यपी, सरकारी अधिकारीहरुले हिंसालाई नजरअन्दाज गर्दै निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा निष्पक्ष ढंगले सम्पन्न भएको निष्कर्ष निकालेका छन् ।

प्रदर्शनका क्रममा पक्राउ परेकाहरुमाथि अहिले देशद्रोहको मुद्दा चलाइएको छ । दोषी प्रमाणित भएमा उनीहरुमाथि मृत्युदण्ड हुनसक्छ । यद्यपी, तान्जानियामा प्रायजसोः अवस्थामा मृत्युदण्ड फैसला भएकाहरुलाई आजीवन कारावासमा राख्ने गरिएको छ । १९९० को दशकपछि यहाँ कसैलाई मृत्युदण्ड दिइएको छैन ।

मुद्दा लगाइएकामध्ये जेनिफर जोभिन तान्जानियाकी प्रभावशाली व्यवसायी हुन् । उनीमाथि प्रदर्शनकारीलाई उक्साएको आरोप छ । त्यस्तै ठूलो संख्यामा सोशल मिडिया इन्फ्युएन्सर्स पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम