मुख्य समाचार
अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित
अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित

— अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित भएका छन् । सटडाउनका कारण एयर ट्राफिक कम गर्न उडान कटौती गरिएको पहिलो दिन शुक्रबार ५ हजारभन्दा धेरैको संख्यामा विमान उडान स्थगित वा ढिला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सटडाउन जारी रहे आगामी दिन थप उडान कटौती हुनेछन् । संघीय उड्डयन प्रशासन (एफएए) को घोषणाअनुसार ११ नोभेम्बरमा ६ प्रतिशत, १३ नोभेम्बरमा १३ र १४ नोभेम्बरमा १० प्रतिशत कटौती गरिनेछ ।

देशका ४० विमानस्थलमा घरेलु उडान कटौती भएका हुन् । अन्तर्राष्ट्रिय उडानलाई भने यसको असर पर्नेछैन । विमानस्थलका कर्मचारीमध्ये केही बिदामा छन् भने केहीले अतिरिक्त काम गरिरहेका छन् । त्यहीकारण, काममा खटिएका कर्मचारीको कार्यभार बढेको छ । उनीहरुको थकित अवस्था मध्यनजर गरेर उडान कटौतीको निर्णय गरिएको एफएएका प्रमुख बार्यन बेडफोर्डले बताएका छन् ।

‘यो अस्वाभाविक हो,’ बेडफोर्डले उडान कटौतीको घोषणा गर्दै भनेका थिए, ‘जसरी सटडाउन अस्वाभाविक हो । जसरी हाम्रा कन्ट्रोलरहरुले महिना दिनदेखि तलब नपाउनु अस्वाभाविक हो ।’

३८ दिनदेखिको सटडाउनका कारण अमेरिकाका १४ लाख संघीय कर्मचारीले तलब पाइरहेका छैनन् । घरेलु उडान कटौती हुने ४० विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वकै अति व्यस्त विमानस्थल हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो । अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको ...
— काल्गेमी आँधीले भियतनाममा कम्तीमा ५ र फिलिपन्समा कम्तीमा १ सय ८८ जनाको मृत्यु भएको छ । आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ । आँधीका कारण मध्य भियतनामका केही स्थानमा भने पहिरोसमेत गएको छ । राजधानी होचि ...
— अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी गरेका छन् । यस निर्णयले दैनिक हजारौँ उडान स्थगित हुने भएका छन् । एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यस्तो योजना बनाइएको हो । अधिकारीहरूका अनुसार विमानस्थलको कन्ट्रोल टावरमा एयर ट्राफिक कन्ट्रोलरहरुको संख्या अहिले निकै कम छ । अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाडउनका ...
: विद्यार्थीको गोली प्रहारबाट घाइते भएकी अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने निर्णय भएको छ। अमेरिकाको अदालतले ती शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने आदेश गरेको हो। शिक्षिका अबिगेल ज्वर्नरलाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हानेको थियो। गोलीबारीबाट गम्भीर घाइते भएकी उनलाई धेरै पटक शल्यक्रिया गर्नुपरेको थियो। 'मलाई लाग्यो कि ...
: अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुने भएको छ। भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो। फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम