मुख्य समाचार
जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगे
जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगे

— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ ।


सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प पुगेका हुन्।

स्कटल्याण्डका विश्वप्रसिद्ध पर्वतारोही तथा लेखक लिओ हाउल्डिङको नेतृत्वमा नर्वेका हेनरिक बर्गसेन जुगल ४ आरोहणको तयारीमा छन्। त्यस्तै, यूकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोली जुगल ५ आरोहणका लागि बेसक्याम्पमा पुगेको छ। ‘शनिबार केही समूह बेसक्याम्पमा र केही हाइक्याम्पमा पुगेका छन्। आइतबार उनीहरू जुगल ४ र ५ आरोहण गर्ने तयारीमा छन्,’ अध्यक्ष थापाले भने ।

उनका अनुसार यो आरोहणले सिन्धुपाल्चोकको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्नेछ। थापाकै पहलमा आएको टोलीले क्रमशः ५,९३६ मिटर उचाइको जुगल ४ र ५,९२२ मिटर उचाइको जुगल ५ आरोहण गर्ने तयारी गरेको हो। उनले थपे, ‘नोभेम्बर ४ मा काठमाडौंमा स्वागत गरेका यी पर्वतारोही अहिले सुरक्षित रूपमा आरोहण यात्रामा छन्।’

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गापाले पर्वतारोहण टोलीलाई पूर्ण सहयोग गरिरहेको छ। थापा अहिले पाँचपोखरी र जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय छन्। यसअघि जुगलको चुचुरो ६ हजार एकसय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ । २३ वैशाख २०८१ मा नेपाल र कोरियाका पर्वतारोही टोलीले जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।

दुई वर्षअघि हिमालयन सेपहर्ड नेपालको आरोहण युनिटसँग गायिका सज्जा चौलागाईंसहित निमाग्याल्जेन शेर्पा, जाइसी स्यालिन्साजस्ता ५ जना आरोहीले जुगल हिमालको ११ मध्ये एक (५ हजार ९ सय २२ मिटर) अग्लो जुगल ५ चुचरो सफलतापूर्वक आरोहण गरेका थिए । २०७५ चैत २९ गते सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले पहिलो पटक जुगलमा मानव पाइला टेक्दै झन्डा फहराएको थियो। त्यस्तै, कात्तिक ३ गते सगरमाथा आरोही शर्मिला लामा स्याङ्तान नेतृत्वको टोलीले पनि सफल आरोहण गरेको थियो।



बौद्ध परम्पराअनुसार जुगल हिमशृंखलाकै काखमा रहेको फराकिलो क्षेत्र नेपेमासाल (देवताको स्वर्ग) मानिन्छ। यहाँको तोङक्युप गुफा, बुम्बाशेर्बु, श्याबल पोखरी, ब्राह्मायाणी नदीको मूल, हजार गुफा र ग्याप खर्क धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हुन्।

३५ सय मिटर उचाइमा अवस्थित नेपेमासाल र आसपासको प्राकृतिक सौन्दर्य जुगल क्षेत्रलाई देशको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी ...
— जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो । प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम