मुख्य समाचार
नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको
नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको

— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् ।


काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको पनि बताइन् । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको उनले बताइन् ।

निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने भन्दै डराउने नभइ आत्मविश्वासका साथ अगाडि बढ्न उनले आह्वान गरिन् । उनले भनिन्, ‘हामी आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेका छौं । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौँ ।’

प्रधानमन्त्री कार्कीले सबैले हातेमालो गरेर देश बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी ...
— जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो । प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम