— नडराई आत्मविश्वासका साथ अघि बढ्न निजी क्षेत्रलाई प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा बोल्दै प्रधानमन्त्री कार्कीले उद्यमी, किसान र युवाहरूलाई प्रधानमन्त्रीले उक्त आग्रह गरेकी हुन् ।
‘म आह्वान गर्न चाहन्छु–डराउने होइन,बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो,’ उनले भनिन्, ‘विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ। हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ ।’
हाम्रो देश हामीले नबनाए कसैले आएर नबनाइदिने र हामी नै अग्रसर हुनुपर्ने भएकाले हाम्रा सन्ततिका निम्ति पनि यो देश बस्नलायक छ भनेर ढुक्क हुने अवस्था हामीले सरकार लागि परेको उनले बताइन् ।
‘मलाई लाग्दछ, यस राष्ट्रिय आर्थिक बहस २.० ले हामीले कल्पना गरेको समानता, समावेशिता र समृद्धिमा आधारित, विश्वमाझ सम्मानित नेपाली र नेपालको खाका (ब्लुप्रिन्ट) हामी माझ प्रस्तुत गर्नेछ। तपाईंको पसिनाको मूल्य यो सरकारले बुझेको छ,’ उनले भनिन्, ‘हामी हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं ।’