मुख्य समाचार
भारतबाट नेपाल फर्किँदै गर्दा भारतीय अध्यागमनका अधिकारीहरुले ४० मिनेट केरकार गरेर छोडिदिएका छन्
भारतबाट नेपाल फर्किँदै गर्दा भारतीय अध्यागमनका अधिकारीहरुले ४० मिनेट केरकार गरेर छोडिदिएका छन्

— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नेपाल फर्किँदै गर्दा भारतीय अध्यागमनका अधिकारीहरुले ४० मिनेट केरकार गरेर छोडिदिएका छन् ।


गत सोमबार भारत गएर शुक्रबार साँझ काठमाडौं फर्कन लागेका उनलाई सुरक्षा जाँचका लागि भन्दै दिल्ली विमानस्थलमा केहीबेर रोकिएको हो । उनको फ्लाईट, उनलाई रोक्नुको कारणबारे दिल्लीस्थित नेपाली दूतावास र भारतका अध्यागमनका अधिकारीबीच छलफल समेत भएको थियो ।

'प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको रहेछ,' दिल्लीस्थित दूतावासका एक अधिकारीले भने, 'उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको थियो ।'

नेपाल एयरलाइन्सको आर ए– २१८ विमानबाट नेपाल फर्किन लागेका उनलाई अध्यागमनमा अधिकारीले ४० मिनेट रोकेका थिए ।

दिल्लीस्थित नेपाल एयरलाइन्स स्रोतका अनुसार, प्रसाईं दिल्लीबाट नेपाल एयरलाइन्सको उडान नम्बर आर ए–२१८ मार्फत शुक्रबार साँझ काठमाडौं फर्किएका छन्। उक्त उडानमा प्रसाईंका लागि टिकट पहिले नै बुक गरिएको थियो।


स्रोतका अनुसार,नेपाल एयरलाइन्सको यो न्यारोबडी जहाज दिल्ली समय अनुसार शुक्रबार बिहान ९ बजे उडेको थियो। नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानको नियमित तालिका अनुसार विमान ४:४० बजे काठमाडौं अवतरण गर्ने समय तोकिएको थियो। जहाज बिहीबार मर्मतका लागि दिल्लीमै ग्राउन्डेड गरिएकाले ढिलाइ भएको जनाइएको छ । एआएईएसएल मर्मतशाला (एमआरओ) मा यो विमानको ब्रेक फ्यान गरिएको थियो । यो पहिल्यै तय भएको कार्यक्रम थियो ।

आजको उडान समयमै सम्पन्न भएको एयरलाइन्स स्रोतले जनाएको छ।

प्रसाईंले दिल्लीको अध्यागमनमा केरकार हुँदा भारतीय नेतालाई हिन्दी भाषामा फोन गरेको त्यहाँ रहेको स्रोतको भनाइ छ ।

उक्त स्रोतका अनुसार,प्रसाईं केही दिनअघि पनि यही नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट दिल्ली गएका थिए। बोर्डिङ गेटमा भने उनले कुनै औपचारिक वा अनौपचारिक कुराकानी निगमका कर्मचारीसँग गरेनन् । उनको सिट इकोनमी क्लासमा थियो ।

*यसअघि अध्यागमनले रोक्दा प्रसाईंको जहाज छुटेको र अर्को जहाजमा आएको जस्ता अलमल भएकोमा सच्याएर उनी ४० मिनेटको केरकारपछि सोही विमानमा आएकाले सच्याइएको छ ।–सम्पादक

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी ...
— जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो । प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम