मुख्य समाचार
कर्णाली प्रदेशमा मुख्य सहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रमा एनपीएल ट्रफी टुर सम्पन्न
कर्णाली प्रदेशमा मुख्य सहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रमा एनपीएल ट्रफी टुर सम्पन्न

— कर्णाली याक्स स्पोर्ट्स प्रालिले कर्णाली प्रदेशमा मुख्य सहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रमा एनपीएल ट्रफी टुर सम्पन्न गरेको छ ।


कर्णालीले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा दोस्रो नेपाल प्रिमियर लिगका लागि सल्यानको कुपिण्डे ताल र खलंगाबजार, सुर्खेतको काँक्रेबिहार, वीरेन्द्रनगरमा ट्रफी परिक्रमा गराइएको थियो । हजारौं विद्यार्थी तथा स्थानीयले एनपीएल ट्रफी नजिकैबाट नियालेका थिए ।

प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्‍याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिको पनि उत्साहजनक सहभागिता थियो ।

बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यात, एनालिस्ट रवि थापा तथा खेलाडी विपिनप्रसाद शर्मा, युनिशसिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी थिए ।

पहिलो संस्करणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

यसैबीच कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यातले कर्णालीले जित्ने हरेक खेलवापत एसियन पेन्ट्सले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त रकम प्रदेश क्रिकेटलाई प्रदान गरिने बस्न्यातले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। अब एपीएफ उपाधिका लागि कार्तिक २४ गते नेपाल पुलिस क्लबसँग भिड्ने पक्का भएको छ। दर्शकले भरिभराउ रोमाञ्चकपूर्ण ...
: हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो। नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो। भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले खेललाई विश्वव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको छ। यस्तै आईसीसी बैठकले महिला क्रिकेटलाई सुदृढ गर्न केही महत्त्वपूर्ण निर्णय पनि गरेको छ। आईसीसीको बैठक मुख्यतया महिला क्रिकेटको विकासमा केन्द्रित भएको छ। भारत र श्रीलंकामा खेलिएकाे २०२५ को विश्वकपसँगै महिला क्रिकेटले नयाँ उचाइमा पुगेको आईसीसीको विश्वास छ। आईसीसीले महिला ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला दुवै क्रिकेट खेल खेलाउने निर्णय गरेको छ। आईसीसी बैठकले दुवैमा ६–६ टोली समावेश गर्ने निर्णय गरेको हो। यस्तै आईसीसीले दुवै वर्गमा कुल २८ खेल खेलाइने निर्णय गरेको छ। सबै खेल टी–२ ढाँचामा हुनेछन्।
: भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल वर्षाका कारण रद्द भएको छ। योसँगै भारतले शृङ्खला २–१ ले जितेको छ। ब्रिसबेनमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। खराब मौसमका कारण खेल रोकिँदा भारतले ४.५ ओभरमा बिना क्षति ५२ रन बनाएको थियो। अभिषेक शर्माले २३ र शुभमन गिलले २९ रन बनाए। यसअघि शृङ्खलाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम