मुख्य समाचार
सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु
सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु

: सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी छन्।



घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।


गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए। केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्। मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले ...
: लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने,ʻअहिले प्राविधिकले हेर्दै छन्। हामी बनाउने कोसिस गर्दैछौँ। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका छन्।ʼ प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय उडानका जहाजलाई होल्ड गराइएको र आन्तरिक उडानका ...
— काठमाडौँबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाका दुई चुचुरो— जुगल ४ र जुगल ५ आरोहणका लागि अन्तर्राष्ट्रिय पर्वतारोही टोली बेसक्याम्प पुगेको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार पर्यटन प्रवर्द्धनका उद्देश्यले जुगल हिमशृ‌ंखलाका ११ चुचुरोमध्ये जुगल ४ र ५ आरोहण गर्न यूकेका सात पर्वतारोही शनिबार बेसक्याम्प ...
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
— मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए । राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम