मुख्य समाचार
वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अवधारणा सफल बनाउन आफू वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार
वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अवधारणा सफल बनाउन आफू वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार

— अर्थमन्त्री रामेश्वर खनालले वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अवधारणा सफल बनाउन आफू वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।


वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको उद्योगी–व्यवसायीसँगको छलफल तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘वीरगन्ज–पथलैया औद्योगिक करिडोर स्थापना गर्न वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न अर्थ मन्त्रालय तयार छ,’ उनले भने, ‘तर यसका लागि यहाँका स्थानीय तहसँग आवश्यक सहकार्य गरेर निश्चित जग्गा तथा क्षेत्र छुट्याई कार्यविधि तयार गरेर संघले प्रस्ताव ल्याए एक साताभित्र मन्त्रिपरिषद्बाट पारित गराउने छु ।’

उनले औद्योगिक करिडोर घोषणा गरेर मात्र नहुने बताउँदै भविष्यमा करिडोर वरपरका बासिन्दाले बाधा–विरोध गर्न थाले त्यसको औचित्य नै समाप्त हुने बताए ।

गण्डकी इकोनोमिक ट्रायल र वीरगन्ज–पथलैया औद्योगिक करिडोरजस्ता योजनाले उद्योगहरूको लागत घट्ने र स्थानीय स्तरमा रोजगारीको ठूलो अवसर सिर्जना गर्ने पनि उनले बताए ।

आफू कम समयमा काम देखाउने गरी आफ्नो जिम्मेवारीमा अहोरात्र खटिएको बताउँदै मन्त्री खनालले आफूले काम गरेर देखाउने र प्रचारमा नलाग्ने प्रतिबद्धता जनाए । बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गर्दै आफू अघि बढिरहेको पनि उनले दाबी गरे ।


विराटनगर र वीरगन्ज भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेर निजी क्षेत्र तथा आयातकर्तालाई राहत दिने प्रयास गरेको पनि उनले बताए ।

जेनजि आन्दोलनको क्रममा भदौ २३ र २४ गते निजी सम्पत्तिमा पटक–पटक भएको आक्रमण दुःखद रहेको बताउँदै मन्त्री खनालले सम्पत्ति र स्वामित्वबीचको अन्तरबारे त्यो जमातले बुझ्न नसकेको कारण ठूलो क्षति हुन पुगेको बताए ।



‘व्यक्तिको सम्पत्तिको स्वामित्वमाथिको दुश्मनी र आक्रोश सम्पत्तिमा व्यक्त हुँदा धेरै निजी क्षेत्रका होटल र सुपरमार्केटमाथि आक्रमण भयो,’ उनले भने, ‘यी संरचनाको पुनर्निर्माणमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ ।’

मन्त्री खनालले आगामी दिनमा नागरिकमा रहेको कुण्ठा र निराशा व्यक्त गर्दा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन भन्ने चेतना जगाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको पनि औँल्याए ।

जेनजि आन्दोलनको क्रममा भएका घटनामा गलत सूचनाको भूमिका बढी रहेको बताउँदै मन्त्री खनालले सही सूचना समाजमा प्रवाह नभए त्यसले समाजमा गलत प्रभाव पार्ने बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकारले २० वर्षे आर्थिक नीति ल्याएर निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्ने सुझाव दिए । यसअघि राज्यका सम्पूर्ण साधन–स्रोत राजनीतिक सेटलमेन्टमै खर्च गरिएकोमा अब त्यसो हुन नहुने सुझाव पनि गौतमले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...
: धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो ...