मुख्य समाचार
डुबेर बालकको मृत्यु
डुबेर बालकको मृत्यु

— वीरगन्जस्थित एक पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।


शुक्रबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठीघाटको पोखरीमा बारा विश्रामपुर गाउँपालिका–५ मुसहरवाका कन्हाई साहका १२ वर्षीय छोरा सनी कुमार साह मृत फेला परेका थिए ।

सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव यादवको नेतृत्वमा खटिएको विपद्‌ उद्धार टोलीले बालकको शव पोखरीबाट निकालेर आवश्यक प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
— मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए । राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ...
— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको पनि बताइन् ...
— सप्तरी प्रशासनले भारतको बिहारमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्द गर्न लागेको हो । आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र ...
— नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले बुद्ध जन्मस्थल लुम्बिनीको शुक्रबार अवलोकन भ्रमण गरेकी छन् । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी, पुरातात्त्विक भग्नावशेष र अशोक स्तम्भको अवलोकन गरेकी थिइन् । त्यस्तै, उनले थेरवादी संप्रदायको राजकीय थाई विहार र महायानी संप्रदायको थाउजन्ड बुद्ध टेम्पलको पनि अवलोकन गरिन् । त्यसैगरी उनले लुम्बिनी संग्रहालयको पनि अवलोकन गरिन् । राजदूतलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम