मुख्य समाचार
जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ
जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ

: जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्।



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले १ थान ग्याँस गनसहित उनलाई पक्राउ गरेको हो।


मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको सूचनाका आधारमा खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो।



उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन–जी आन्दोलनका क्रममा काभ्रे हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरी शनिबार विहान बनेपा इलाका प्रहरी कार्यालयका प्रहरीलाई बुझाइएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो। ‘जेन–जी आन्दोलनको ...
— मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए । राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ...
— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा शनिबार आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको पनि बताइन् ...
— सप्तरी प्रशासनले भारतको बिहारमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्द गर्न लागेको हो । आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र ...
— नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले बुद्ध जन्मस्थल लुम्बिनीको शुक्रबार अवलोकन भ्रमण गरेकी छन् । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी, पुरातात्त्विक भग्नावशेष र अशोक स्तम्भको अवलोकन गरेकी थिइन् । त्यस्तै, उनले थेरवादी संप्रदायको राजकीय थाई विहार र महायानी संप्रदायको थाउजन्ड बुद्ध टेम्पलको पनि अवलोकन गरिन् । त्यसैगरी उनले लुम्बिनी संग्रहालयको पनि अवलोकन गरिन् । राजदूतलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम