मुख्य समाचार
आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन
आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन

— काल्गेमी आँधीले भियतनाममा कम्तीमा ५ र फिलिपन्समा कम्तीमा १ सय ८८ जनाको मृत्यु भएको छ ।


आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ ।

आँधीका कारण मध्य भियतनामका केही स्थानमा भने पहिरोसमेत गएको छ । राजधानी होचि मिन्ह सहरबाट ३ सय ५० किलोमिटरको दुरीमा रहेको डाक लाक प्रान्तमा आँधीको सबैभन्दा ठूलो प्रभाव परेको छ ।एसोसिएट प्रेसका अनुसार अविरल वर्षा र आँधीका कारण ५ लाखभन्दा धेरै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

सीएनएनका अनुसार आँधीबाट फिलिपिन्सको पर्यटकीय केन्द्र रहेको सेबु प्रान्तमा सबैभन्दा धेरै प्रभाव परेको छ । त्यहाँबाट दसौं हजार स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम