मुख्य समाचार
संघीय संसद् र प्रदेश सभाका पदाधिकारहरूले कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल
संघीय संसद् र प्रदेश सभाका पदाधिकारहरूले कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल

— संघीय संसद् र प्रदेश सभाका पदाधिकारहरूले कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल गरेका छन् । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकमा संविधानको पूर्ण कार्यान्वयन गर्न निर्माण भएका कानुनको कार्यान्वयन गर्ने तथा जनभावनाअनुसार कानुन निर्माणमा तीव्रता दिने विषयमा छलफल भएको छ ।


छलफलमा कानुन निर्माण तथा कार्यान्वयनको अवस्था, अन्तरिम सरकारले संसद्का पदाधिकारीको सेवा कटौती गरेको लगायतका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए । छलफलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवहरू लगायत सहभागी थिए ।

सभामुख मगरले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आवश्यकताअनुसार प्रदेश सभाको तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा जेन–जी आन्दोलनका क्रममा प्रदेश सभाका कार्यालयमा पुगेको क्षतिको व्यवस्थापन र पुनःनिर्माणको विषयबारे समेत विमर्श भएको उनले जानकारी दिए । ‘व्यवस्थापिका संसद् र प्रदेश सभाले बनाएका कानुनहरूको कार्यान्वयन गर्ने, संविधानको पालना गर्ने र अहिले सरकारलाई प्रदेश सभाको तर्फबाट सहयोग गर्ने, जनताको भावनाअनुसार अघि बढ्ने तर बनाइएका कानुन निष्प्रभावि नहुने गरी अघि बढ्ने कुरामा छलफल भयो,’ उनले भने ।

वागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर विचाराधीन विधेयक अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिइन् । ‘सबै प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले अगाडि लैजाने र जेन-जी आन्दोलनले प्रदेश सभाका कार्यालयमा पुर्‍याएको क्षतिको विषयमा छलफल भयो । प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर विधेयकहरूलाई अगाडि बढाउने र प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसँग निरन्तर छलफल गर्ने विषयमा छलफल भयो,’ चापागाईंले भनिन् ।

प्रदेश सभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी व्यवस्था प्रदेश कानुनमै रहेको भन्दै सभाका पदाधिकारीले बैठकमा कानुनअनुसार अघि बढ्न सरकारको ध्यानाकर्षण गर्ने विषय राखेका थिए ।


सरकारले संसद्लाई लिएर गरेका निर्णयबारे सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालसहित सात वटै प्रदेशका प्रदेश सभाका सभामुख तथा उपसभामुखले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने भएका छन् । सभामुख घिमिरेले राष्ट्रपतिलाई भेट्नका लागि समय लिइसकेको र राष्ट्रपतिसँगको छलफलपछि आवश्यक परे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्ने बताएका थिए । उनले भने, ‘खासगरीकन देशको सातवटै प्रदेशको र संघको बारेमा सभाको स्थितिका बारेमा भेटघाट गरेका हौँ । राष्ट्रपतिसँग समय लिएका छौँ । उहाँसँग भेट्नेछौँ । सरसल्लाहमा प्रधानमन्त्रीसँग भेट्ने कुरा भयो भने भेट्न सक्छौँ । भोलिका लागि समय मिलाउँ । प्रधानमन्त्रीलाई पनि भेट्दा राम्रै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम