: नुवाकोटको उत्तरी भेगमा रहेको चन्द्रावती खोलामा अलपत्र पुलको निर्माण सुरु भएको छ। पाँच वर्षअघि ठेक्का सम्झौता भएको चन्द्रावती खोलाको पक्की पुल निर्माण अलपत्र पारिएको थियो।
निर्माण पक्षले दुप्चेश्वर गाउँपालिका–५ बालकुमारी र दुप्चेश्वर ६ समुन्द्रटार जोड्ने चन्द्रावती खोला पक्की पुल निर्माण सुरु गरेको जनाएको छ। २०७७ सालमा निर्माण सम्झौता पाएको ड्रागन–रकडेल जेभी निर्माण कम्पनीले समयमै काम नगरेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधि आक्रोशित भएका थिए।
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले दैनिक आवागमनमा असुविधा व्यहोर्दै आएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरवहादुर थापाले बताए।