मुख्य समाचार
लुम्बिनी प्रदेश सरकारले नीति नबनाउँदा जलेका यातायात कार्यालयहरूको कार्यसम्पादनमा जटिलता उत्पन्न
लुम्बिनी प्रदेश सरकारले नीति नबनाउँदा जलेका यातायात कार्यालयहरूको कार्यसम्पादनमा जटिलता उत्पन्न

: लुम्बिनी प्रदेश सरकारले नीति नबनाउँदा जलेका यातायात कार्यालयहरूको कार्यसम्पादनमा जटिलता उत्पन्न हुन थालेको छ। लुम्बिनी प्रदेशभित्रका दुईवटा यातायात कार्यालयहरू तुलसीपुर र नेपालगन्ज यातायात कार्यालय जेन–जी आन्दोलनको क्रममा पूर्णरूपमा जलेर नष्ट भएका छन्।



दुवै कार्यालयहरूले पूर्णरूपमा आफ्नो कार्यसम्पादन गर्न सकेका छैनन्। कार्यालयभित्रका सम्पूर्ण अभिलेखहरू जलेर नष्ट हुँदा ती अभिलेखहरूमा रहेर कार्यसम्पादन गर्न अप्ठ्यारो भइरहेको यातायात कार्यालयहरूले जनाएका छन्।

यातायात व्यवस्था कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख केशव घिमिरेले जेन–जी आन्दोलनमा कार्यालयका सम्पूर्ण कागजात र फाइलहरू जल्दा कार्यसम्पादनमा ठूलो समस्या आएको बताए। उनका अनुसार मन्त्रालयले स्पष्ट रूपमा कार्य सञ्चालनका लागि कार्यविधि र निर्देशिका नबनाउँदा कर्मचारीहरूले काम गर्न निकै कठिनाइ भोग्नुपरेको छ। आवश्यक नीति र निर्देशन नहुँदा कागज जलेका सवारीसाधनहरूका विषयमा निर्णय लिनसमेत अप्ठ्यारो परिरहेको उनले बताए।



सवारीसाधनका कागजात नभएको मौका पारी स्वार्थ समूह सक्रिय रहेको र केही अनियमित कार्य हुन सक्ने आशंकामा कर्मचारीहरू रहेका छन्। यसो हुँदा विधिसम्मत हुने कार्यमा समेत कर्मचारीहरू हच्किने गरेको उनले बताए। अन्य काममा केही सहजता भए पनि नामसारी, पुराना गाडी अभिलेखीकरण र लाइसेन्सका प्रक्रियाहरूमा पूर्णरूपमा जटिलता उत्पन्न भएको उनले बताए।

हाल कार्यालयले सवारीसाधन नवीकरण र नयाँ सवारीसाधन दर्ताबाहेक अन्य काम अगाडि बढाउन सकेको छैन। आन्दोलन भएको दुई महिना पुग्दासम्म पनि मन्त्रालयले एउटा औपचारिक पत्रमार्फत ‘प्रक्रियागत रूपमा काम गर्नु’ भन्ने निर्देशन मात्र दिएको उनले बताए। तर, जलेका सवारीसाधनका अभिलेख र कागजातका विषयमा ठोस र नयाँ निर्देशन नआएकाले नयाँ काम गर्न कठिनाइ भइरहेको उनले बताए।

सवारी फाँटका अधिकृत सुदर्शन अधिकारीले ठोस निर्देशन र निर्णय नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको बताए। उनका अनुसार सेवाग्राहीले सेवा लिन आएका सबै कामहरू गर्न नसकिएको बताए। काम गर्न नसकिएको र सेवाग्राहीहरू आवश्यक कागजपत्र नपाउँदा निराश भएर फर्किनुपर्ने अवस्था रहेको बताए।

तुलसीपुर यातायात कार्यालयमा हाल ५० हजारभन्दा बढी चारपांग्रे सवारीसाधन र १ लाखभन्दा बढी दुईपांग्रे सवारीसाधन रहेका छन्। यसमा १ लाख साना सवारी र १५ हजर ठूला सवारीहरूका कागजात पूर्णरूपमा जलेर नष्ट भएका छन्। पछिल्लो समय सेवाग्राहीहरूले सरुवा सहमतिको कागज खोज्ने गरेको र अभिलेख नहुँदा सो कागजात उपलब्ध गराउन नसकिएको अधिकृत अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम