मुख्य समाचार
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २१ फागुनमा निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २१ फागुनमा निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह

— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २१ फागुनमा निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन्।


राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आज उनले तोकिएको मितिमै निर्वाचन हुने दाबी गरे। उनले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको समेत बताए। उनले आयोगले निर्वाचनको ६० प्रतिशत तयारी गरिसकेको भन्दै विगत भन्दा यो विशेष प्रकृतिको निर्वाचन भएको समेत दाबी गरे।

'सबैले निर्वाचन हुन्छ र गर्नुपर्छ भनेर अघि बढ्नु आवश्यक छ,' उनको भनाइ छ। उनले यसमा दुविधा गर्न नहुने भन्दै नत्र सुशासन र संविधान नै समस्यामा पर्ने दाबी गरे। उनले अहिले सविधानको धाराअनुसार नभई राष्ट्रपतिले सविधानको रक्षाको रुपमा सरकार गठन गर्दै निर्वाचन घोषणा भएको अवस्था भएकाले यो अवस्थालाई सबैले मनन् गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण शुक्रबारबाट प्रभावित बनेको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए । सुरुङमा पठाएको दैनिक झन्डै २० करोड लिटर पानी बन्द भएपछि ...
— निर्वाचन आयोगले २० फागुनमा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई ३० कात्तिक भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि ...
— कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्। तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्। ‘मुलुकका पुराना ...
— लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिकाको वडा नं. ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ...
— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम