: विद्यार्थीको गोली प्रहारबाट घाइते भएकी अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने निर्णय भएको छ। अमेरिकाको अदालतले ती शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने आदेश गरेको हो।
शिक्षिका अबिगेल ज्वर्नरलाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हानेको थियो। गोलीबारीबाट गम्भीर घाइते भएकी उनलाई धेरै पटक शल्यक्रिया
गर्नुपरेको थियो। 'मलाई लाग्यो कि म मरिसकेको छु,' शिक्षिकाले आफ्नो मुद्दाको बयानमा भनेकी छन्।
ज्वर्नरले स्कूलका पूर्वसहायक प्रधानाध्यापक इबोनी पार्करविरुद्ध ४० मिलियन डलरको मुद्दा दायर गरेकी थिइन्। पार्करलाई पहिले त्यो बच्चाले त्यस दिन स्कूलमा बन्दुक ल्याउन सक्छ भन्नेबारे जानकारी गराइएको थियो। तर, उनले चेतावनीलाई बेवास्ता गरेको बताइएको थियो।
बिहीबार, तीन पुरुष र चार महिलाको प्यानलले पूर्व शिक्षकको पक्षमा बहस गर्दै पार्करले कारबाही नगर्नु घोर लापरवाही भएको जिकिर गरेका थिए।