: दिल्ली विमानस्थलमा प्राविधिक समस्या आएपछि सयौं बढी हवाई उडान प्रभावित भएका छन्। हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएको बताइएको छ।
समाचार एजेन्सी पीटीआईले विमानस्थल स्रोतलाई उद्धृत गर्दै समस्या समाधानको काम भइरहेको छ। एनसीआरमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो जहाँबाट दैनिक १ हज ५०० बढी उडानहरू सञ्चालन हुन्छन्।
पीटीआई स्रोतका अनुसार बिहीबार साँझदेखि प्राविधिक समस्याका कारण एयर ट्राफिक कन्ट्रोलरले स्वचालित रूपमा उडानहरूको योजना बनाउन सकेको छैन।