: हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो।
मिसनरोड ग्राउन्ड मङककमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ११२ रन बनाएको थियो।
११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनायो । नेपालका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५३ रन बनाए। लोकेश बमले १० रन बनाउँदा रासिद खान ११ रनमा एलबीडब्ल्यू भए। आदिल आलम ११ र रुपेश सिंह १ रनमा अविजित रहे।
अफगानिस्तानका लागि फरमानुल्लाह र इजाज अहमद अहमजदाईले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको अफगानिस्तानको लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए। कप्तान गुबादिन नैबले २२, सेदिदुल्लाह पचाले १३ रन बनाए। फरमानुल्लाहले ३० रनको अविजित पारी खेले।
नेपालका लागि रसिद खानले ह्याट्रिक सहित ४ विकेट लिए। लोकेश बमले १ विकेट लिए। नेपालले दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ।