मुख्य समाचार
शेखर कोइरालाले ढिलोको मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन सम्पन्न हुनुपर्ने बताए
शेखर कोइरालाले ढिलोको मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन सम्पन्न हुनुपर्ने बताए

: नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले ढिलोको मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन सम्पन्न हुनुपर्ने बताएका छन्। काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले ढिलोको पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने बताएका हुन्।

उनले मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नुपर्ने धारणा व्यक्त गरे। उनले भने,'अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ ।'

उनले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्व लिएर चुनावमा जानुपर्ने बताए। पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने उनको सुझाव छ।


आफूले गुट उपगुट र फुटको अन्त्य चाहेको बताउँदै नेता कोइरालाले कांग्रेस एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए। उनले भने,' म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रह/पुर्वाग्रह नराखी हामी अघि बढ्नैपर्छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ। यसरी औषधि लिनका लागि महानगर स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको महानगरले जनाएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत ...
: बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ। पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड ...
: भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ स्थित सखवानीबाट आईफोन बरामद गरेको हो। बरामद गरिएका फोन आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। ३१ थान आईफोनको ...
: दिल्ली विमानस्थलमा प्राविधिक समस्या आएपछि सयौं बढी हवाई उडान प्रभावित भएका छन्। हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएको बताइएको छ। समाचार एजेन्सी पीटीआईले विमानस्थल स्रोतलाई उद्धृत गर्दै समस्या समाधानको काम भइरहेको छ। एनसीआरमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो जहाँबाट दैनिक १ हज ५०० बढी उडानहरू सञ्चालन हुन्छन्। पीटीआई स्रोतका ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताएका छन्। एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा jlघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताए। उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै सबै आन्दोलित हुनुपर्ने र संसद पुनःस्थापनाको ...